भरतपुर विद्युत प्राधिकरणका २ सय ७० ग्राहक कालोसूचीमा

हिमाल प्रेस ८ जेठ २०८० ९:५९ | Monday, May 22, 2023
भरतपुर विद्युत प्राधिकरणका २ सय ७० ग्राहक कालोसूचीमा

चितवन– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले बक्यौता रकम नतिरेका २ सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ। वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते विवरण मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको छ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो। कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार ८ सय ८१ बक्यौता रकम उठाउन बाँकी छ। ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए। उनले भने, ‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो। सबैले प्रयोग गरौं।’

यस वितरण केन्द्रअन्तर्गत एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन्। बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताउनुभयो। उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन्।

प्रकाशित: ८ जेठ २०८० ९:५९ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast