भन्सारमा प्रहरीमाथि निर्घात कुटपिट

हिमाल प्रेस ३ जेठ २०८० ७:४३ | Wednesday, May 17, 2023
भन्सारमा प्रहरीमाथि निर्घात कुटपिट

काठमाडौँ-  नेपाल-भारत नाकामा भन्सार जाँच गर्ने क्रममा प्रहरीमाथि नै कुटपिट भएको छ। भारतबाट भन्सार छलेर ल्याएको शंकामा सामान जाँच गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका-५ स्थित सुकासाल क्षेत्रमा प्रहरीमाथि कुटपिट भएको हो।  घटनामा एक प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चननपुरका डीएसपी प्रकाश डाँगीका अनुसार भारतबाट समूहमा आएका केही युवाले प्रहरीलाई आक्रमण गरेका थिए। उनीहरूले प्रहरी बिटसमेत तोडफोड गरेका छन्।

मंगलबार प्रहरीले समान जाँच गर्दा दुवै विवाद भएको थियो। ती युवाले सीमावर्ती सहर वनबासाबाट दुईपांग्रे साधनमा मालसामान ल्याएका थिए। प्रहरीले भन्सार जाँचका नामा अनावश्यक दुःख दिएपछि विवाद बढेको उनीहरूले आरोप लगाएका छन्। तोडफोडमा संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको डाँगीले बताए। उनका अनुसार घाइते प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको छ।

प्रकाशित: ३ जेठ २०८० ७:४३ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast