बीस वर्ष पुगेका सवारीसाधन चलाउन दिनुपर्ने माग

हिमाल प्रेस ११ जेठ २०८० २१:५१ | Thursday, May 25, 2023
बीस वर्ष पुगेका सवारीसाधन चलाउन दिनुपर्ने माग फाइल तस्बिर

काठमाडौँ- यातायात व्यवसायी र विभिन्न मजदुर संघसंगठनले यान्त्रिक रूपमा उपयुक्त सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न संघसंगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्।

यसअघि बागमती प्रदेशले बीस वर्ष पुगेका सवारीसाधनलाई पत्रु गर्नेसम्बन्धी सूचना जारी गरेको सन्दर्भमा व्यवसायी तथा मजदुर संघंगठनले उक्त माग गरेका हुन्। सार्वजनिक सवारीसाधन पत्रु गर्नेसम्बन्धी सूचना प्रकाशन गरेको भन्दै यान्त्रिक रूपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका हुन्।

महासंघका महासचिव डेकनाथ गौतमले प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी जेठ ७ गते २० वर्षे सवारीसाधन हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय अव्यावहारिक भएको बताए। ‘सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न ठीक सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने, ‘फलामको कुनै आयु हुँदैन, सञ्चालन गर्न ठीक नभएका सवारीसाधनलाई मात्र हटाउनुपर्छ।’

व्यवसायी र संघसंगठनले २० वर्ष पुराना सवारीसाधन एकैपटक हटाउँदा राज्यको ठूलो रकमसमेत नयाँ गाडी खरिदका लागि विदेश जाने बताएका छन्। पत्रु नै गर्नुपरे ‘ब्ल्यु बुक’का आधारमा अर्को सवारीसाधन ल्याउने विकल्प दिँदै सरकारका तर्फबाट सहुलियत र सहयोग हुनुपर्ने उनीहरूको माग छ। रासस

प्रकाशित: ११ जेठ २०८० २१:५१ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast