बालेनको टिप्पणी : सांसदहरू बल्ल वडाध्यक्षको हैसियतमा

हिमाल प्रेस १६ जेठ २०८० ९:३४ | Tuesday, May 30, 2023
बालेनको टिप्पणी : सांसदहरू बल्ल वडाध्यक्षको हैसियतमा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सांसदहरू बल्ल वडाध्यक्षको हैसियतमा आएको टिप्पणी गरेका छन्। सरकारले सांसद विकास कोष ब्युँताएपछि बालेनको यस्तो प्रतिक्रिया आएको हो।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएसि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो।’

यस्तै उनले वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बनेको भनेर पनि प्रश्न गरेका छन्। बालेनले भनेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू?’

सरकारले सोमबार बजेट भाषणमार्फत सांसद विकास कोष ब्युँताएको छ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै विवादित बनेको सांसद विकास कोषका लागि बजेट विनियोजन गरेका हुन्। यसअन्तर्गत एक सांसदका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ।

यसपटक पहिले जस्तो टुक्रे योजना भने यसमा राख्न पाइने छैन। एक परियोजना एक करोडको हुनुपर्नेछ। यस हिसाबले पाँच वटामात्रै आयोजनाका लागि पाँच करोड रुपैयाँ खर्चिनुपर्नेछ। आयोजना छनोट भने प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद र त्यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा हुनुपर्नेछ। सांसद विकास कोषका लागि ट ८ अर्ब २५ करोड विनियोजन गरिएको छ।

प्रकाशित: १६ जेठ २०८० ९:३४ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast