बालबालिकालाई खोप लगाइँदै

हिमाल प्रेस ३१ वैशाख २०८० १०:०३ | Sunday, May 14, 2023
बालबालिकालाई खोप लगाइँदै प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज (आइतबार) एकैसाथ खोप लगाउँदै छ। परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा .अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए।

यसअघि वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो। उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो। रोग, अपांगता र मृत्युबाट बचाउन जन्मेदेखि ५ वर्षसम्मका उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्। केही जिल्लामा खोप छुट बच्चाको संख्या बढ्दै गई दादुरा रुबेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो। मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन आग्रह समेत गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८० १०:०३ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast