पोखरामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

हिमाल प्रेस ९ जेठ २०८० ९:०० | Tuesday, May 23, 2023
पोखरामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

पोखरा– पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्। मंगलबार (आज) बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

चालक तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ। पोखरा महानगरपालिका-६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग. २४ प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो। प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।

प्रकाशित: ९ जेठ २०८० ९:०० | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast