पिम नेपाल फिल्म फेस्टिभलको लागि आवेदन खुल्यो

हिमाल प्रेस १६ जेठ २०८० १५:२३ | Tuesday, May 30, 2023
2
SHARE
पिम नेपाल फिल्म फेस्टिभलको लागि आवेदन खुल्यो

काठमाडौँ– पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)फिल्म फेस्भिल–२०२३ को लागि आवेदन खुला गरिएको छ।

आगामी असार १३ गतेदेखि १५ सम्म चल्ने फेस्टिभलका लागि आवेदन खुला गरिएको हो।
आयोजकका अनुसार चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रलगायतका विभिन्न विधामा आधारित फिल्मले आवेदन फारम दिन सक्ने छन्। आवेदन असार ७ गतेसम्म दिन सकिनेछ।

पिम नेपालले सन् २०१८ देखि नेपाली फिल्म, कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्दै आएको छ।

महोत्सवमा नेपालीसहित नेपालमा बोलिने विभिन्न भाषा, पर्यटन, मानवअधिकार, सामाजिक कथालगायतका विषयमा उत्कृष्ट फिल्म बनाउने निर्देशक, लेखक, नायक, नायिकालाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १६ जेठ २०८० १५:२३ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast