काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो।
जसमा कलेज अफ इम्प्लोइमेन्ट, पप्पु कन्ट्रक्सन, वाईपी कन्ट्रक्सन, सप्तकोशी जलाधार कम्पनी, एसियन हाइटेक कन्ट्रक्सनलगायत छन्।
कलेज अफ इम्प्लोइमेन्टलाई ३ वर्ष, पप्पु कन्ट्रक्सनलाई २ वर्ष, वाईपी कन्ट्रक्सनलाई १ वर्ष ६ महिना, सप्तकोशी जलाधार कम्पनी र ओम साई एण्ड कम्पनीलाई १ वर्ष ३ महिनालाई कालोसूचीमा राखिएको हो ।
अन्य कम्पनीलाई भने १-१ वर्षका लागि कालोसूचीमा राखिएको छ।
काम सन्तोषजनक नगर्ने, दिइएको समयावधिमा काम नसकेर अलपत्र पारेका कम्पनीहरूलाई कालोसूचीमा राख्ने गरिन्छ।

प्रकाशित: १७ जेठ २०८० १०:४१ | Wednesday, May 31, 2023
प्रतिक्रिया




