नेपाल एसबिआई बैंक र नेपाल रेमिटबीच सम्झौता

हिमाल प्रेस १२ जेठ २०८० १९:३५ | Friday, May 26, 2023
नेपाल एसबिआई बैंक र नेपाल रेमिटबीच सम्झौता

काठमाडौँ- नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम र नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात बैंकका देशभर रहेका शाखामा नेपाल रेमिटको रेमिट्यान्स सेवा उपलब्ध हुनेछ। त्यसका साथै नेपाल रेमिटबाट पठाइएको रकम बैंकका सबै शाखा कार्यालयबाट भुक्तानी लिन सकिनेछ।

 

प्रकाशित: १२ जेठ २०८० १९:३५ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast