नेपालगन्जमा ‘खोज र खोप’ अभियान

हिमाल प्रेस ४ जेठ २०८० ७:५९ | Thursday, May 18, 2023
नेपालगन्जमा ‘खोज र खोप’ अभियान

नेपालगन्ज– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ।

‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो। उक्त अभियानअन्तर्गत नेपालगन्जमा एक सय ९० जनालाई समेटिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताए।

उनले भने, ‘नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ। खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ।’

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ।

नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो। ‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगञ्जमा छ सय ९२बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो।

‘एक सय ७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो’, शाहीले भने, ‘घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्यांक संकलन गर्ने काम भइरहेको छ।’

प्रकाशित: ४ जेठ २०८० ७:५९ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast