नीति तथा कार्यक्रम : हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक रुपमा पाल्न पाइने

हिमाल प्रेस ५ जेठ २०८० १७:४५ | Friday, May 19, 2023
नीति तथा कार्यक्रम : हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक रुपमा पाल्न पाइने

काठमाडौँ– सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरूको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले उक्र व्यवस्था राखेको हो।

‘यसै वर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमनको कार्यविधिका साथ हरिण, मृग, बँदेल, कालिजहरुको नियन्त्रित र व्यावसायिक पालन सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै सरकारले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटेको छ। निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सिप विकास र रोजगार कार्यक्रम मार्फत सरकारले पाँच लाख रोजगारीको लक्ष्य हासिल गर्ने पौडेलले बताए।

प्रकाशित: ५ जेठ २०८० १७:४५ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast