नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सरकारको आग्रह

हिमाल प्रेस १२ जेठ २०८० १८:०० | Friday, May 26, 2023
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सरकारको आग्रह फाइल तस्बिर।

काठमाडौँ– नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेको नागरिकता विधेयक प्रमाणीकरण गर्न अहिलेका राष्ट्रपति पौडेललाई आग्रह गरेको हो।

नागरिकता विधेयक ‍गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा छ। राष्ट्रपति पौडेलले यसअघिकै राष्ट्रपतिको कार्यकालमा आएर रोकिएको विधेयक अघि बढाउन मिल्छ या मिल्दैन भन्नेबारे कानुनविद्‌सँग छलफल पनि गरेका थिए।

प्रकाशित: १२ जेठ २०८० १८:०० | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast