नयाँ स्टकको प्रक्रिया स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २९ वैशाख २०८० १३:४८ | Friday, May 12, 2023
नयाँ स्टकको प्रक्रिया स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया स्थगित गर्न निर्देशन दिएका छन्।

अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायत विषयमा चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागीलगायतलाई बोलाएर तत्काल प्रक्रिया स्थगित गर्न निर्देशन दिएका थिए। यस विषयमा संसद्मा पनि प्रश्न उठेको छ भने उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ।

धितोपत्र बोर्डले आशयपत्र माग गर्दै नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो। सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेञ्ज कार्यरत रहेका र त्यसलाई सबल बनाउनुपर्ने माग उठिरहेको बेला बोर्डले नयाँ स्टकको प्रक्रिया अगाडि बढाएको थियो।

बोर्डको माग बमोजिम तीनवटा समूहले स्टक एक्सचेञ्जका लागि आवेदन दिएका थिए। त्यसमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेड छन्।

कमोडिटीतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेट्स एण्ड एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका छन्।

प्रकाशित: २९ वैशाख २०८० १३:४८ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast