धरानका मेयरविरुद्ध उत्रिए सुनसरीका पत्रकार

हिमाल प्रेस २९ वैशाख २०८० १८:२३ | Friday, May 12, 2023
धरानका मेयरविरुद्ध उत्रिए सुनसरीका पत्रकार

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समाचार सम्प्रेषण गर्न गएका पत्रकारप्रति अशोभनीय व्यवहार गरेको र अराजकता प्रस्तुत गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई महासंघको टोलीले शुक्रबार ज्ञापनपत्र बुझाएको हो।

मेयरका समर्थकहरू पत्रकारविरुद्ध अराजक भएर प्रस्तुत हुँदा पत्रकारलाई रिपोर्टिङ गर्न समस्या भइरहेको महासंघले जनाएको छ। शृखलाबद्ध रूपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि बढिरहेको बताउँदै धरान उपमहानगरपालिकाको गतिविधिबारे समाचार संकलन गर्न जाने सहज वातावरण पत्रकारका लागि नभएको जनाएको छ।

अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष मागपत्र पेस गरिएको बताइएको छ। यसअघि महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो।

सोहीअन्तर्गत वैशाख २८ गते बिहीबार प्रेस विज्ञप्ति जारी गर्ने, २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसमक्ष ज्ञापन पत्र बुझाइएको हो। ३० गते शनिबार सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन र प्रसारण गर्न आग्रह गर्ने, ३१ गते सुनसरीका पत्रकारले एउटै नारा फेसबुक स्ट्याटसमा लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गर्ने र २ गते धरानमै पूर्वनगर प्रमुखहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

प्रकाशित: २९ वैशाख २०८० १८:२३ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast