तोरीको तेलमा लगाइएको भ्याट खारेज गर्न माग

हिमाल प्रेस ७ जेठ २०८० १४:०७ | Sunday, May 21, 2023
तोरीको तेलमा लगाइएको भ्याट खारेज गर्न माग

काठमाडौँ- नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै संघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि तोरीको तेलमा लगाइएको १३ प्रतिशत भ्याट हटाउनुपर्ने बताएको हो। अवैधानिक तरिकाबाट अत्याधिक रूपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योग बन्द भएका संघको भनाइ छ।

संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती चालम विदेश निर्यातका लागि खुला गरिनुपर्ने माग पनि गरेको छ।

त्यस्तै दाल निर्यात गर्दा लाग्ने प्रतिकेजी १ रुपैयाँ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल आयात गर्दा १.५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए।

सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी सिर्जनालगायत पूर्वाधार निर्माणका लागि आगामी बजेटमार्फत मार्गप्रशस्त गर्न अनुरोध गरेको छ।

प्रकाशित: ७ जेठ २०८० १४:०७ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast