तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन सरकारको अनुमति

हिमाल प्रेस २ जेठ २०८० १८:०६ | Tuesday, May 16, 2023
तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन सरकारको अनुमति रेखा शर्मा

काठमाडौँ- सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी सुरु गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गरेको हो।

‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्मण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ,’ सञ्चारमन्त्री रेखा शर्माले भनिन्।

सरकारले आजको बैठकबाट जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ गते मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २ जेठ २०८० १८:०६ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast