ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भाव्यता अध्ययन गरिने

हिमाल प्रेस ५ जेठ २०८० १७:०३ | Friday, May 19, 2023
ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भाव्यता अध्ययन गरिने

 काठमाडौँ– सरकारले ढुंगा गिट्टी तथा बालुवा निर्यातको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्‌मा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वातावरणमा असर नपर्ने गरी ढुंगा, गिट्टी तथा बालुवा निर्यातको सम्भावना खोजिने बताएका हुन्।

यसको लागि सरकारले कानुनी व्यवस्था गर्ने भएको छ। यसअघि चालु आर्थिक वर्षको बजेटमा ढुंगा गिट्टीको निर्यातको व्यवस्था गरेपछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

प्रकाशित: ५ जेठ २०८० १७:०३ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast