टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

हिमाल प्रेस २७ वैशाख २०८० १३:५४ | Wednesday, May 10, 2023
टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन टोपबहादुर रायमाझी

काठमाडौँ- नेकपा एमालेले पार्टी  सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। नक्कली शरणार्थी प्रकरणमा सहयोगीका रुपमा मुछिएका सांसद रायमाझीलाई कारबाहीको अन्तिम टुंगो नलागेसम्मको लागि निलम्बन गरेको एमालेले जनाएको छ।

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौँ। राज्यका वैधानिक संस्थाले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ।’

यस्तै सोही मान्यताअनुरुप पक्राउ पुर्जी जारी हुनासाथ उनलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा स्मरण गराइएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनुभएको थियो। तर पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’

केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर यससम्बन्धी अनुसन्धान र कानुनी कारबाही प्रक्रियाको टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको एमालेको विज्ञप्तिमा उल्लेख छ।

रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भइसकेको छ। गत बुधबार अर्घाखाँचीमा एक कार्यक्रममा पुगेका बेला उनलाई पक्राउ पुर्जी जारी भएको थियो। उनी अहिले फरार छन्।

प्रकाशित: २७ वैशाख २०८० १३:५४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast