जेठ २६ मा ‘वेलकम टु हेम्जाकोट’

हिमाल प्रेस १ जेठ २०८० १३:१६ | Monday, May 15, 2023
जेठ २६ मा ‘वेलकम टु हेम्जाकोट’

काठमाडौँ- फिल्म ‘वेलकम टु हेम्जाकोट’ आगामी जेठ २६ गते प्रदर्शन हुने भएको छ। निर्माण टिमले जेठ २६ लाई प्रदर्शन मिति तोकेको छ।

वैदेशिक रोजगारीले परिवारमा ल्याउने उत्तारचढावको कथावस्तुमा आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्।

फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, अस्मिता पन्त, जयनन्द लामा, विशाल पहारी, रवि गिरी, शारदा गिरीलगायतको अभिनय छ।

दीर्घ गुरुङको छायांकन रहेको फिल्म मित्र डी गुरुङले सम्पादन गरेका हुन्।

यस फिल्मले गत वर्ष सम्पन्न भएको चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्डसमेत प्राप्त गरेको थियो।

जेठ २६ मै फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ पनि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १ जेठ २०८० १३:१६ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast