चरम नोक्सानी बेहोर्ने आयल निगम

हिमाल प्रेस १४ जेठ २०८० १७:५८ | Sunday, May 28, 2023
चरम नोक्सानी बेहोर्ने आयल निगम

काठमाडौँ- सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा २०८०’ अनुसार नेपाल आयल निगम चरम नोक्सानीमा रहेको पाइएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नोक्सानमा रहने सबैभन्दा पहिलो संस्थान आयल निगम रहेको हो। सो आर्थिक वर्षमा निगम ३८ अर्ब १७ करोड ७८ लाख रुपैयाँ नोक्सानी बेहोरेको हो।

त्यसपछि बढी नोक्सानी बेहोर्नेमा नेपाल वायु सेना निगम छ। वायु सेवा निगम सो आर्थिक वर्षमा १ अर्ब ७० करोड ३१ लाख रुपैयाँ नोक्सानमा रहेको छ। त्यसपछि बढी नोक्सानी बेहोर्नेमा नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान र नेपाल औषधि लिमिटेड क्रमशः छन्।

सार्वजनिक विवरणअनुसार खानेपानी संस्थान ३९ करोड ५४ लाख रुपैयाँ नोक्सानीमा छ। त्यस्तै दुग्ध विकास संस्थान ३७ करोड ५ लख रुपैयाँ र औषधि लिमिटेड १३ करोड ८७ लाख रुपैयाँ नोक्सानीमा छ।

प्रकाशित: १४ जेठ २०८० १७:५८ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast