गोरखकाली रबर, हेटौँडा कपडा र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने

हिमाल प्रेस ५ जेठ २०८० १७:०१ | Friday, May 19, 2023
गोरखकाली रबर, हेटौँडा कपडा र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने

काठमाडौँ- सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यी उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ।

अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठनसमेत गर्ने बताइएको छ।

त्यस्तै उद्योगलाई चाहिने जग्गाको हदबन्दी पुनरावलोकन हुने भएको छ। बाँझो जग्गा उपयोगकालागि नीतिगत व्यवस्था गरिने उल्लेख छ। भूमिहीत सुकुम्बासीको बसोबास व्यवस्थित गरिने छ।

गरिबी परिचय पत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिने पनि पौडेलले बताए।

प्रकाशित: ५ जेठ २०८० १७:०१ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast