गोकर्णेश्वरमा ज्योति विकास बैंकको शाखा सुरु

हिमाल प्रेस २८ वैशाख २०८० १५:१९ | Thursday, May 11, 2023
गोकर्णेश्वरमा ज्योति विकास बैंकको शाखा सुरु

काठमाडौँ- ज्योति विकास बैंकले काठमाडौँको गोकर्णेश्वरमा शाखा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका ४ मा शाखा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ।

नगरपालिकाका मेयर दीपककुमार रिसाल र बैंक सञ्चालक रामकुमार श्रेष्ठले बिहीबार उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त शाखा सञ्चालनमा आएसँगै ज्योति विकास बैंकको शाखा संख्या १२१ पुगेको छ।

उद्घाटन समारोहमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललगायतको उपस्थिति थियो। मेयर रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकका लागि बैंकिङ सेवा थप सुलभ र सहज हुने बतए। साथै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न पनि मद्दत पुग्ने उनको भनाइ थियो।

बैंक संचालक श्रेष्ठले नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरूमा बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने बताए। बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ वैशाख २०८० १५:१९ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast