काठमाडौँ- खल्तीले आफ्नाे एपबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ।
यस अफरअन्तर्गत प्रयोगकर्ताले हरेक प्रिमियम भुक्तानीमा एक हजार क्यासब्याक प्राप्त गर्नेछन्। त्यसका साथै एक जनाले बम्परमा वानप्लस ११ स्मार्टफाेन जित्ने मौका पाउने कम्पनीले जनाएको छ। त्यस्तै हरेक हप्ता स्मार्ट टीभी, स्मार्ट ब्याण्ड, ‘खल्ती प्रो’को मेम्बरसिप जित्न सक्नेछन्।
यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरी ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउन पाउने छन्। यस्ता प्रयोगकर्ता पल्सर एन–१६० जित्न योग्य हुनेछन्।
प्रकाशित: ९ जेठ २०८० १२:२४ | Tuesday, May 23, 2023
प्रतिक्रिया



