कृषि बिमाका लागि ९५ करोड रुपैयाँ विनियोजन

हिमाल प्रेस १५ जेठ २०८० १८:०३ | Monday, May 29, 2023
कृषि बिमाका लागि ९५ करोड रुपैयाँ विनियोजन

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा कृषि बिमाका लागि ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन्।

सरकारले कषि तथा पशुपंक्षी बिमामा कुल बिमाशुल्कको ८० प्रतिशत अनुदान दिँदै आएको छ। सोही अनुदान बापतको रकम भुक्तानी गर्न ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।

कृषि बिमा तथा यान्त्रिकबाहेक अन्य कृषि व्ययसायको अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री महतले बताए। त्यस्तै सरकारले स्टाटर्अपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरेको छ। भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने मन्त्री महतले बताए।

प्रकाशित: १५ जेठ २०८० १८:०३ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast