 काठमाडौँ महानगर
                             काठमाडौँ महानगर 
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आव २०७९/८०को वैशाख मसान्तसम्म ७ अर्ब रुपैयाँभन्दा बढी रास्जव संकलन गरेको छ।
महानगरको राजस्व शाखाका अनुसार वैशाश मसान्तसम्म ७ अर्ब ३९ करोड ४० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। उक्त राजस्व संकलन चालु आवमा लिइएको लक्ष्यको ७०.९६ प्रतिशत हो।
चालु आवमा महानगरपालिकाले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ। संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३.५० प्रतिशत र अनुदानतर्फ ८६.४५ प्रतिशत प्रगति भएको छ।
                            प्रकाशित: ३ जेठ  २०८० २१:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 