कांग्रेस बैठकमा खाणलाई निलम्बन गर्नेबारे कुरा भएको हो?

हिमाल प्रेस २७ वैशाख २०८० २०:२१ | Wednesday, May 10, 2023
कांग्रेस बैठकमा खाणलाई निलम्बन गर्नेबारे कुरा भएको हो?

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने गरी टुंगिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणको विषयसँगै विभाग र भ्रातृ संस्थाको बारेमा छलफल भएको बताइएको छ।

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक भोलि पनि बस्ने बताए। खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने बारे छलफल भयो त भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने,’बालकृष्णजीले नै सहयोग गर्छु भनिरहनु भएको छ। भागेको छैन। केही गरेको छैन। अनुसन्धानलाई टुंगिन दिनु पर्‍यो नि। अहिले नै दोषी करार गर्न त भएन नि।’

बैठकमा खाणलाई निलम्बन गरेर जानुपर्ने विषयमा पनि कुरा भएको बताइएको छ।

खाणलाई प्रहरीले बुधबार बिहान आफ्नै निवास मैजुबहालबाट पक्राउ गरेको थियो। बैठकमा सभापति, उपसभापति, महामन्त्रीलगायत सहभागी थिए।

सोही प्रकरणका आरोपित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने एमालेले पदबाट निलम्बन गरेको छ।

प्रकाशित: २७ वैशाख २०८० २०:२१ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast