एमाले स्थायी कमिटी बैठक सर्‍यो

हिमाल प्रेस २९ वैशाख २०८० २१:०५ | Friday, May 12, 2023
एमाले स्थायी कमिटी बैठक सर्‍यो फाइल तस्बिर
काठमाडौँ- नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिए।
उनका अनुसार समय अभावको कारणले बैठक भोलि बिहान ८ बजेका लागि सारिएको हो। बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ। केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ।
प्रकाशित: २९ वैशाख २०८० २१:०५ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast