काठमाडौँ- एनआईसी एशिया बैंकले भिडियो कलमार्फत विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ। बैंकले भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन र हस्ताक्षर अद्यावधिक गर्न सकिने व्यवस्था गरेको हो।
त्यस्तै मोबाइल नम्बर र ई-मेल पनि भिडियो कलमार्फत अद्यावधिक गर्न सकिने बैंकले जानकारी दिएको छ। बैंकले भीकेवाईसी सेवाअन्तर्गत ग्राहकले भिडियो कल गरी उक्त विवरणहरू अद्यावधिक गर्न सक्ने बैंकको भनाइ छ।
भिडियो कलमार्फत केवाईसी विवरण अद्यावधि गर्ने सुविधा बैंकले यसअघि नै ल्याएको थियो। सोही प्रणालीमा थप ५ वटा सुविधा थप गरिएका बैंकको भनाइ छ। उक्त सेवाहरू बैंकको वेबसाइटमार्फत प्रक्रिया अघि बढाएर लिन सकिनेछ।
प्रकाशित: ९ जेठ २०८० १७:११ | Tuesday, May 23, 2023
प्रतिक्रिया



