एक वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने

हिमाल प्रेस ५ जेठ २०८० १७:०५ | Friday, May 19, 2023
एक वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने

काठमाडौँ- सरकारले एक वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवभित्र हुम्लालाई राष्ट्रिय सडकसँग जोड्ने घोषणा गरेका हुन्।

हुम्ला एक मात्र राष्ट्रिय सडक सञ्जाल नपुगेको जिल्ला हो। सरकारले महाकाली तथा कर्णाली करिडोर निर्माणलाई प्राथमिकता साथ अघि बढाउने घोषणा पनि गरेको छ।

निर्माणाधिन काठमाडौँ–तराई दू्रतमार्गलाई २०८३ भित्र सक्ने सरकारको लक्ष्य छ। त्यस्तै निर्माणाधिन राष्ट्रिय राजमार्ग र रणनीतिक महत्त्वका सडकलाई ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले नीति लिएको छ।

प्रकाशित: ५ जेठ २०८० १७:०५ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast