फाइल तस्बिर।
                                            विराटनगर- उद्योग संगठन मोरङले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गर्ने भएको छ। मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँग सहकार्य गरी क्रिकेट टिमलाई सम्मान गर्ने उद्योग संगठन मोरङले जानकारी दिएको छ।
हालै सम्पन्न एसीसी प्रिमियर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित दर्ता गरेर एसिया कपमा छनोट भएकाले सम्मान गर्न लागिएको उद्योग संगठनले बताएको छ।
‘एसिया कपमा क्वालीफाइ गरी भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसँग खेल्ने अवसर प्राप्त गरी राष्ट्रिय गौरव उचो बनाएको खुशियालीमा खेलाडीको सम्मान गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उद्योग संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आगामी बुधबार (वैशाखा १७ गते) सम्मान कार्यक्रमसँगै खेलाडीहरूको नगर परिक्रमा गराइने कार्यक्रम रहेको छ।

                                             
                                             

