उद्योग वाणिज्य महासंघको रोजगार मेला सम्पन्न

हिमाल प्रेस १७ जेठ २०८० २०:२६ | Wednesday, May 31, 2023
उद्योग वाणिज्य महासंघको रोजगार मेला सम्पन्न

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहयोगमा मंगलबारदेखि सुरु गरिएको मेला बुधबार सम्पन्न गरिएको हो। मेलामा नेपालका ५४ वटा कम्पनीको सहभागिता रहेको महासंघले जानकारी दिएको छ।

उक्त कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका महासंघको भनाइ छ। मेलामा कामको खोजीमा रहेका युवाको निकै ठूलो सहभागिता रहेको महासंघले बताएको छ।

मेलामार्फत करिब १० प्रतिशतले रोजगारी पाएको महासंघको प्रारम्भिक अनुमान छ। धेरैजसो कम्पनीले रोजगार मेलामा भाग लिन आएका युवालाई मेलापछि थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउनसमेत अनुरोध गरिएको छ।

मेलामा २ हजारभन्दा बढी युवाले अवलोकनका लागि ‘रजिष्ट्रेशन’ गरेका थिए। कामको खोजीका लागि चारतिर भौँतारिनुुपर्ने र त्यसका लागि समय र पैसासमेत खर्च गर्नुपर्ने बाध्यता हटाउन मेला आयोजना गरिएको महासंघले बताएको छ।

कम्पनी तथा कामको खोजीमा रहेकालाई एकै ठाउँमा भेला गराएर कार्यक्रम आयोजना गर्दा युवालाई पनि सजिलो भएको महासंघको भनाइ छ। रोजगार मेलामा सूचनाप्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटनलगायत क्षेत्रसँग सम्बद्ध कम्पनीको सहभागिता थियो।

प्रकाशित: १७ जेठ २०८० २०:२६ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast