आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

हिमाल प्रेस ३ जेठ २०८० ७:१४ | Wednesday, May 17, 2023
आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौँ- आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।

हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो।

बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्। नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ।

प्रकाशित: ३ जेठ २०८० ७:१४ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast