आज पनि दिउँसो पानी पर्ने सम्भावना

हिमाल प्रेस ३ जेठ २०८० ६:१९ | Wednesday, May 17, 2023
आज पनि दिउँसो पानी पर्ने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- देशका केही भागमा आज (बुधबार) पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ। देशका पहाडी भूभागका केही स्थानमा साथै लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

 

प्रकाशित: ३ जेठ २०८० ६:१९ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast