आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन कठिन : चेम्बर

हिमाल प्रेस १६ जेठ २०८० १७:४० | Tuesday, May 30, 2023
आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन कठिन : चेम्बर

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन कठिन हुने प्रतिक्रिया दिएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति टिप्पणी गर्दै चेम्बरले बजेटको स्रोत सुनिश्चित नभएकाले ६ प्रतिशतको आर्थिक वृद्धि हुन चुनौती रहेको बताएको हो।

सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको भनाइ छ।

वर्तमान राजस्व संकलनको लक्ष्यको गतिले पनि आगामी वर्षका लागि राजस्व संकलन गर्न चुनौती रहेको देखिएको चेम्बरले उल्लेख गरेको छ। सरकारले आगामी आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ। ‘चालु आर्थिक वर्षमा समग्रमा २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने सन्दर्भमा आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै महत्वकांक्षी रहेको देखिन्छ,’ चेम्बरले मंगलबार विज्ञप्तिमार्फत भनेको छ।

चालु आर्थिक वर्ष २०७९/८०मा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधनमार्फत घटाइएको छ। चालु आर्थिक वर्षको बजेट घटाएर आगामी आर्थिक वर्षको झन ठूलो ल्याइएकाले पनि बजेट यथार्तपरक नरहेको देखिएको चेम्बरको भनाइ छ।

प्रकाशित: १६ जेठ २०८० १७:४० | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast