परराष्ट्रमन्त्री साउद बेलायत जाँदै, राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने

हिमाल प्रेस १७ वैशाख २०८० १६:३३
6
SHARES
परराष्ट्रमन्त्री साउद बेलायत जाँदै, राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यले साथ नदिएपछि परराष्ट्रमन्त्री एनपी साउद पुरानो मित्र मुलुक बेलायत जाने भएका छन्। नेपालले पहिलो कूटनीतिक सम्बन्ध राखेको मुलुक बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। उनी वैशाख २१ मा बेलयाततर्फ लाग्नेछन् भने २५ मा काठकाडौँ आइपुग्ने कार्यक्रम छ।

भारत भ्रमण सकेर बेलायत जाने सोच बनाएका परराष्ट्रमन्त्री साउद पहिले बेलायत जाने भएका हुन्। सरकारले उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपतिलाई नै पठाउने तयारी गरेको थियो। स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले साउदलाई बेलायत पठाउन लागेको हो।

दुई दशकपछि नेपालबाट पुरानो मित्र मुलुकमा राष्ट्रप्रमुखको हैसियतमा भ्रमण हुन लाग्दै गर्दा स्वास्थ्यको कारण रोकिएको हो। बेलायत नेपालको सबैभन्दा पुरानो मित्र मुलुक हो। छिमेकी भारतसम्म आएर राज गर्दा पनि नेपालसँग बेलायको सम्बन्ध राम्रै थियो। अहिले पनि बेलायतसँग नेपालको सम्बन्ध राम्रो नै छ।

नेपालीहरू बेलायतमा स्थायी बसोबास गरेर बसेका पनि धेरै भइसकेका छन्। गोर्खा सेनामा भर्ती भएकाहरू त्यहाँ बसन पाउने भएपछि उनीहर प्रया उतै रम्न थालेका छन्। ‘बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन म नै जाने निश्चित भएको छ,’ परराष्ट्रमन्त्री साउदले हिमाल प्रेससँग भने, ‘राष्ट्रपतिलाई स्वास्थ्यले साथ नदिएपछि म जान लागेको हुँ।’

राष्ट्रपति पौडेल भारतमा उपचार गराएर आज स्वदेश फर्कंदै छन्। यही वैशाख २३ मा लन्डनको वेस्टमिनिस्टर स्थित गिर्जाघरमा चाल्र्सको राज्याभिषेक हुँदैछ। तत्कालिन राजा ज्ञानेन्द्रले २० वर्षअघि यही महिनामा बेलायतको भ्रमण गरेका थिए।

त्यसअघिका रजा वीरेन्द्रले दुई पटक (१९८० र १९९५) मा गरेका थिए। भने महेन्द्रले पनि १९६० मा बेलायत भ्रमण गरेका थिए। गणतन्त्र आएपछि राष्ट्रपति भएका डा. रामवरण यादव र विद्यादेवी भण्डारी दुवैले बलायत भ्रमणको निम्ता पाएनन्।

उक्त राज्यभिषेक समारोहमा विश्वभरका राजारानी, राजपरिवारका सदस्य, राष्ट्रप्रमुख तथा सरकार प्रमुख, राजनेता, प्रतिष्ठित व्यक्रिहरूलाई निम्ता गरिएको बेलायत सरकारले जनाएको छ। चाल्र्स युवराज हुँदा पटक-पटक नेपाल आएका थिए। उनको नाममा भेडेटारमा टावर समेत बनेको छ। झण्डै १ हजार वर्ष देखि त्यहाँ राज्यभिषेक हुँदै आएको छ।

महारानी एलिजावेथ द्वितीयको निधनपछि राजा चार्ल्सले राजसिंहासन सम्हालेका हुन्। राज्याभिषेक समारोहमा ‘क्वीन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन्।

प्रकाशित: १७ वैशाख २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =