राष्ट्रियसभा बैठक : विषयगत समितिमा सदस्य हेरफेरबारे छलफल हुने

हिमाल प्रेस १४ वैशाख २०८० ६:५२
2
SHARE
राष्ट्रियसभा बैठक : विषयगत समितिमा सदस्य हेरफेरबारे छलफल हुने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित: १४ वैशाख २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =