यू-१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोशीको जित

हिमाल प्रेस १३ वैशाख २०८० २१:०८
4
SHARES
यू-१६ राष्ट्रिय क्रिकेट : लुम्बिनी र कोशीको जित

कैलाली- धनगढीमा जारी यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा लुम्बिनी र कोशी प्रदेशले जितेका छन्। जितसँगै लुम्बीनीले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराएको हो।

बुधबार भएको पहिलो खेलमा लुम्बीनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि १४१ रनको लक्ष्य दिएको थियो। लुम्बीनीले २९.४ ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम प्रदेशले २८.४ ओभरमा १२५ रनमा अलआउट भयो।

त्यस्तै बुधबारको अर्को खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १६ रनले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको कोशीले २८.४ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो।

जवाफमा ब्याटिङ गरेको बागमतीले २८.२ ओभरमा १३५ रनमै अलआउट भयो। प्रतियोगिताअन्तर्गत बिहीबार २ खेल हुनेछन्। बिहीबार लुम्बीनी र कर्णाली तथा सुदूरपश्चिम र मधेश प्रदेश खेल्नेछन्।

प्रकाशित: १३ वैशाख २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =