चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत स्टल बुकिङ

हिमाल प्रेस १३ वैशाख २०८० २०:२८
6
SHARES
चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत स्टल बुकिङ

चितवन- उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत स्टल बुकिङ भइसकेको छ।

प्रदर्शनी आगामी वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुन लागेको छ। प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरूले वैशाख १७ गतेसम्म बुकिङ गर्न सक्ने आयोजकले जानकारी दिएको छ।

चितवनका उद्योगीहरूको छाता संगठन चितवन उद्योग संघले प्रदर्शनीको आयोजना गर्न लागेको हो। प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एन्ड बेभरेजेजलगायतका उत्पादन तथा सेवाको प्रदर्शनी गरिनेछ।

त्यस्तै उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेसिन तथा प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरू रहने आयोजकको भनाइ छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनी २४ गतेसम्म हुनेछ।

प्रकाशित: १३ वैशाख २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =