राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने

हिमाल प्रेस १३ वैशाख २०८० ९:२०
8
SHARES
राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने

काठमाडौँ- राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अध्यागमन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजदेखि नियमित रुपमा सुचारु हुन लागेको हो । उनी हिजो स्वदेश फर्केका थिए ।

प्रकाशित: १३ वैशाख २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =