सात लाखभन्दा बढी नगदसहित महिला पक्राउ

हिमाल प्रेस १२ वैशाख २०८० १२:११
16
SHARES
सात लाखभन्दा बढी नगदसहित महिला पक्राउ

जनकपुरधाम- धनुषामा ७ लाखभन्दा बढीको नगदसहित एक महिला पक्राउ परेकी छिन्।

७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोली २५ वर्षिया अनुको ब्यागमा तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरिएको हो।

प्रकाशित: १२ वैशाख २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =