काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) पनि बस्दैछ। संसद् भवनमा सोमबारदेखिसुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरूले बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्।
अर्थमन्त्री डा. प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरूसँग राय मागेका थिए। सांसदहरूले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन्।
प्रकाशित: १२ वैशाख २०८० ९:५४
प्रतिक्रिया