ढाका- बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ। आइतबार तीन घन्टाभन्दा कम समयमै चट्याङका कारण ९ जनाको मृत्यु भएको हो।
स्थानीय समयमअनुसार अतएबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहटका विभिन्न ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा भएको थियो।
चट्याङका कारण मृत्यु भएकामध्ये अधिकांश ग्रामीण क्षेत्रमा खेतमा काम गरिरहेका किसान रहेका छन्। रासस/सिन्ह्वा
प्रकाशित: ११ वैशाख २०८० २१:३७
प्रतिक्रिया