महासंघमा स्थायी समिति र सदस्यता समिति गठन

हिमाल प्रेस ११ वैशाख २०८० १९:५५
4
SHARES
महासंघमा स्थायी समिति र सदस्यता समिति गठन

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन गरिएको छ। महासंघको विधानअनुसार दुवै समिति गठन गरिएका हुन्। म्हासंघको विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८ (ख) मा सदस्यता समिति गठन गर्नुपर्ने व्यवस्था छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन गरिएको महासंघले जानकारी दिएको छ।

स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू रहेका छन्।

त्यसैगरी सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ।

प्रकाशित: ११ वैशाख २०८० १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast