तनहुँमा स्वर्णिम वाग्लेले ९ हजार मत कटाउँदा गोविन्दको ४ हजार, सर्वेन्द्रको २ हजार

हिमाल प्रेस ११ वैशाख २०८० ९:३८
16
SHARES
तनहुँमा स्वर्णिम वाग्लेले ९ हजार मत कटाउँदा गोविन्दको ४ हजार, सर्वेन्द्रको २ हजार

काठमाडौँ- तनहुँ १ को उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता झनै बढाएका छन्। अहिलेसम्म १६ हजार ३ सय ४२ मत गणना सकिँदा वाग्लेले ९ हजार २ सय २ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २ सय १३ मत ल्याएका छन् भने एमालेका सर्वेन्द्र खनालले २ हजार २ सय ४ सय ३० मत मात्रै ल्याएका छन्।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएको गणनामा वाग्लेले अग्रता बढाइरहेका छन्।

तनहुँ १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ।

प्रकाशित: ११ वैशाख २०८० ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =