एपीएफ र आर्मीको विजयी सुरुवात

हिमाल प्रेस १० वैशाख २०८० २०:१५
2
SHARE
एपीएफ र आर्मीको विजयी सुरुवात

काठमाडौँ- मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आईतबार एपीएफले आयोजक ललितपुर महानगरपालिका सिटीलाई ३–० को सेटमा हराएर सुखद सुरुवात गरेको हो। एपीएफले ललितपुरमाथि २५-६, २५-७ र २५-१४ को सेटमा जितेकाे हो ।

यस्तै आर्मीले कोटेश्वर मल्टिपल क्याम्पसलाई ३-० को सेटमा हरायो। आर्मीले कोटेश्वरमाथि २५-६, २५-४ र २५-५ को सेटमा जित निकाल्यो। पुरुषतर्फ ललितपुर महानगरपालिका सिटी र नेपाल गणतान्त्रिक खेलकुदले जितेका छन्। ललितपुरले बोगटी समाज ललितपुरलाई २५-२०, २५-१८ र २५-१९ ले हराएको हो।

नेपाल गणतान्त्रिकले पाटन मल्टिपल क्याम्पसलाई २५-१२, २५-२० र २५-१५ ले हराएको छ। ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला टिम गरी १५ टिम सहभागी छन्।

प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: १० वैशाख २०८० २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =