संखुवासभाको किमाथांका नाका सञ्चालनमा प्राथमिकता : परराष्ट्रमन्त्री साउद

हिमाल प्रेस १० वैशाख २०८० १७:३७
2
SHARE
संखुवासभाको किमाथांका नाका सञ्चालनमा प्राथमिकता : परराष्ट्रमन्त्री साउद

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले संखुवासभाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

आइतबार मन्त्रालयमा संखुवासभाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरूले किमाथांका नाका सुचारु गर्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमाथांका नाका सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।

किमाथांका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका सुचारु पहिलो प्राथमकितामा राख्ने मन्त्री साउदले बताए। नेपाल र चीनबीचको सम्बन्ध बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्न किमाथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने उनको भनाइ थियो।

प्रकाशित: १० वैशाख २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =