विचार मिल्नेसँग मोर्चा बनाएर अघि बढ्छौँ : माधवकुमार नेपाल

हिमाल प्रेस १० वैशाख २०८० १५:५१
4
SHARES
विचार मिल्नेसँग मोर्चा बनाएर अघि बढ्छौँ : माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन्।

विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरिरहेको उनले उल्लेख गरे। त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उनको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्नेहरूबीच एउटै पार्टी हुने बताए।

मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिहरूको विकल्प नभएको भन्दै उनले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह गरे।

उनले नेकपा मसाल, नेकपा संयुक्तलगायत साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे। अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिस्ट मात्र भएको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे।

प्रकाशित: १० वैशाख २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =