जलविद्युत् उत्पादनमा सघाउँछौँ : अध्यक्ष ढकाल

हिमाल प्रेस ६ वैशाख २०८० २०:४०
2
SHARE
जलविद्युत् उत्पादनमा सघाउँछौँ : अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्। बुधबार ऊर्जा सम्मेलनमा उनले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएको बताउँदै निजी क्षेत्रले जलविद्युत् उत्पादनमा सघाउने बताए।

अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई पनि आग्रह गरे। ‘नेपालमा जलविद्युत्‍लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ। सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने छ,’ उनले भने, ‘हामीसँग नवउदीयमान विश्वका ठूला अर्थतन्त्रहरू छिमेकमै छन्। त्यहाँको बढ्दो बजार र माग सम्बोधन हुनेगरी नेपालमा लगानी ल्याउनुहोस्। निजी क्षेत्रको तर्फबाट हामी तपाईंलाई सहजीकरण र सहयोग गर्न तयार छौँ।’

नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको भन्दै उनले बंगलादेशको बजारका लागि पनि सरकारीस्तरबाट सकारात्मक कुराकानी भइरहेको बताए। अध्यक्ष ढकालले नेपाल सरकार तथा अन्य सरोकारवालालाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीका लागि थप वातावरण बनाउन आग्रह गरे।

प्रकाशित: ६ वैशाख २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =