राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस ४ वैशाख २०८० ७:०८
2
SHARE
राष्ट्रियसभाको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।

तेह्रौं अधिवेशनको १७औँ बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिलसिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ४ वैशाख २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =