एनसेल भोल्टे सेवा आइफोनमा पनि उपलब्ध

हिमाल प्रेस ३ वैशाख २०८० ११:४०
8
SHARES
एनसेल भोल्टे सेवा आइफोनमा पनि उपलब्ध

काठमाडौँ- आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवा लिन सक्नेछन्। एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको हो।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ। भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्। एनसेल भोल्टे सेवा लिने आइफोन प्रयोगकर्ताले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन–नेट भोल्टे टक टाइम पाउनेछन्।

आइफोन ८ र त्यसपछिका सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुने कम्पनीले जनाएको छ। यसको लागि ग्राहकले एस्ट्रिक्स १७२०१ ह्यास् डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सक्छन्।

भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोग गर्ने ग्राहकका लागि अर्को पनि योजना ल्याएको छ। यसअन्तर्गत आफ्नो भौतिक सिमलाई ई–सिममा अपग्रेड गर्ने ग्राहकले ७ दिन मान्य रहने २ जीबी बोनस डेटा पाउँछन्। बोनस डेटा नेपालमा आइफोन खरिद गरेका ग्राहकका लागि मात्रै मान्य हुनेछ।

आइफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ।

ई–सिम सुरु गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क नलाग्ने एनसेलले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८० ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =